नेपाली गाउँखाने कथाको अध्ययन २०६८ मा विवेक सिर्जनशील प्रकाशनबाट प्रकाशित भएको हो । यो लेखककै विद्यावारिधि शोधप्रबन्धमा आधारित छ । यसमा साहित्यशास्त्र र भाषाविज्ञानका मान्यताका आधारमा सैद्धान्तिक आधारहरू स्थापना गरी सोही आधारमा गाउँखाने कथाको विश्लेषण गरिएको छ । यहाँ अध्याय एकमा गाउँखाने कथाको सैद्धान्तिक परिचय, अध्याय दुईमा नेपाली गाउँखाने कथाको अध्ययन परम्परा, अध्याय तीनमा गाउँखाने कथाको लेख्य परम्परा र सिर्जनात्मक प्रयोग, अध्याय चारमा नेपाली गाउँखाने कथाको कथ्य परम्परा र प्रयोग सन्दर्भ, अध्याय पाँचमा नेपाली गाउँखाने कथाको काव्यात्मक स्वरूप, अध्याय छमा नेपाली गाउँखाने कथाको भाषिक स्वरूप, अध्याय सातमा नेपाली गाउँखाने कथामा बहुप्रचलन, विविधता र नवीनता, अध्याय आठमा नेपाली गाउँखाने कथामा विश्वदृष्टि र अध्याय नौमा अध्ययनको निष्कर्ष दिइएको छ ।